४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

कास्की फुटबल संघद्वारा क्लब र एकेडेमीलाई बल हस्तान्तरण

फुटबल ग्रहण गर्दै संगम क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङ। तस्बिरः धन/नागरिक

कास्की जिल्ला फुटबल संघले पोखरामा फुटबल विकासमा जुट्दै आएका चारक्लबलाई फुटबल हस्तान्तरण गरेको छ। क्लबसँगै संघले आफैंले सञ्चालन गरेको एकेडेमीलाई समेत बल हस्तान्तरण गरेको छ।  

सोमबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले क्लबहरुलाई बल हस्तान्तरण गरेका हुन्। कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरु भदौरे, एपेक्स, सहारा र संगम क्लबलाई पाँचपाँच थान फुटबल हस्तान्तरण गरिएको हो। सहारा र संगमलाई भने संघले एकेडेमी सञ्चालन गरेको भन्दै बल हस्तान्तरण गरिएको हो। संघले एन्फा कास्कीको एकेडेमीलाई २५ थान हस्तान्तरण गरेको छ।  

बल हस्तान्तरणपछि बोल्दै सदस्य सचिव शर्माले प्रदेशको फुटबलको स्तर विगतमा भन्दा खस्कदै गएको जनाउँदै फुटबल विकासको लागि संघले क्लबहरुलाई एकेडेमी सञ्चालनमा प्रेरित गर्नुपर्ने उल्लेख गरे। उनले एकेडेमीलाई दिईने फुटबल लगायत सामाग्रीले फुटबलको विकासमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे। उनले बालबालिकालाई मैदानसम्म ल्याउने बातावरण क्लब तथा संघ एवं खेलकुदसँग सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए।  

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रन्जितले फुटबल विकासको लागि पहिलो प्राथमिकता नै बल भएको बताए। खेलाडीहरु भएपनि बल विना प्रशिक्षण नहुने भन्दै क्लब र एकेडेमीलाई बल हस्तान्तरणपछि फुटबलमा नयाँ आयाम आउने विश्वास लिएको उनले सुनाए। अध्यक्ष रन्जितले पोखरा–११ भेट्रान टोली तमुधि युकेको निमन्त्रणमा गएको बेला त्यहाँका सहयोगी मनले बलको लागि आर्थिक सहयोग गरेको बताए। खास गरी एन्फा कास्कीका राजदूत युके बस्ने कमल गुरुङ, युकेमै बस्ने हुपबहादुर थापा, तमुधिं युके, बगरभाइखलक युके, सहारा क्लब युके लगायतले विशेष सहयोग गरेको प्रति अध्यक्ष रन्जितले आभार व्यक्त गरे।  

 

 

 

प्रकाशित: २२ श्रावण २०८० ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App