२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बक्सिङ संघमा अवाले दोहोरिए

नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले दोहोरिएका छन्। नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभाले अवालेलाई दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र पाँच उपाध्यक्षहरूमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टाचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरीलाई चयन गरेको छ।

त्यस्तै महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन भएका छन्। संघका सदस्यहरूमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङ्तान, रेखा थापामगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समर जंगबहादुर चन्द चयन भएका छन्।

साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने तर आफूलाई परिणाम भने चाहिने बताए।

अहिलेदेखि नै ओलम्पिकको तयारी थाल्न निर्देशन दिँदै उनले भने, ‘बजेटका हिसाबले तपाईंहरू ढुक्क हुनुस्। जति खर्च लागे पनि सरकारले बेहोर्छ तर रिजल्ट चाहिन्छ।’

साधारण सभाको अवसरमा वरिष्ठ बक्सिङ प्रशिक्षक विद्या मर्सानीलाई सम्मान गरिएको थियो। खेलाडी हुँदै वरिष्ठ प्रशिक्षकसम्म भएर मर्सानीले बक्सिङमा पुर्‍याएको योगदानको कदर गर्दै खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएकोमा बधाईसहित बक्सिङ संघले सम्मान गरेको हो।

प्रकाशित: ४ श्रावण २०८० ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App