४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालविरुद्ध पाकिस्तानले पहिलो १५ ओभरमा ७६ रन बनायो

एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले दिएको १८० रनको लक्ष्य सहित मैदान उत्रेको पाकिस्तान ए ले १५ ओभरमा  २ विकेट गुमाएर  ७६ रन बनाएको छ। नेपालका लागि दुवै विकेट पवन  सर्राफले लिएका हुन। 

पवन सर्राफले ७ दशमलब १ ओभरमा हसिबुल्लाहा खानलाई निजी १२ रनमा गुल्सन झाबाट क्याच आउट गरेर पाकिस्तानको पहिलो विकेट झारेका हुन। पाकिस्तानको पहिलो विकेट झर्दा ३७ रन थियो। त्यसैगरी पवन सर्राफले ९ दशमलब २ ओभरमा साइम अयुमलाई निजी २४ रनमा आउट आउट गरे। पाकिस्तानको दोश्रो विकेट झर्दा ५०  रन थियो। यस अघि नेपालले सोमपाल कामीको ७५ रनसँगै ३७ ओभरमा १७९ रन बनाएको थियो। 

नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ तथा भीम सार्की शून्य, पवन सर्राफ १, कुशल मल्ल १७, गुल्सन झा १३ र प्रतिस जिसी २६ रनमा आउट भए। ललितले १० बल खेलेर १ रन खेल्दै नटआउट रहे। 

यस्तै पाकिस्तानका शहनवाज दहानीले ५, मोहम्मद वसीम जेआरले ४ र मुबसिर खानले १ विकेट लिए। ताजास्थीतीमा 

 पाकिस्तानले  १७ ओभरमा २ विकेट गुमाएर  ९१ रन बनाएको छ। पाकिस्तानलाई खेल जित्न अझै ३३ ओभरमा ८९ रन बनाउनु पर्नेछ।  

प्रकाशित: २९ असार २०८० ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App