५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

श्रीलंकाको फराकिलो जित

विश्वकपमा छनोट भइसकेका टोलीबीच भएको विश्वकप छनोटको उपाधि प्रतिस्पर्धामा श्रीलंकाले आइतबार नेदरल्यान्ड्समाथि १ सय २८ रनको फराकिलो जित निकालेको छ।

जिम्बाब्वेको हरारेमा श्रीलंकालाई ४८ ओभरमा २ सय ३३ रनको योगफलमा नै रोके पनि ब्याटिङ चल्न नसक्दा डच टोली उपाधि विमुख भयो।

विश्वकप छनोटको फाइनलमा पुगेका नेदरल्यान्ड्स र श्रीलंका दुवै भारतमा हुने विश्वकपका लागि छनोट भइसकेका टोली हुन्। दिलसान मदुसन्काले सुरुआती तीन विकेट लिएपछि ३९/३ को अवस्थामा पुगेको डच टोली समालिन नै सकेन र २३औं ओभरमा १ सय ५ रनमै अलआउट हुन पुग्यो। डच टोलीका ओपनर विक्रमजित सिंहले १३ रन र म्याक्स ओ डौउडले ३३ रन जोड्दा आठौं नम्बरका ब्याटर लोगन भान भिकले २२ रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

जिम्बाब्वेको हरारेमा श्रीलंकालाई ४८ ओभरमा २ सय ३३ रनको योगफलमा नै रोके पनि ब्याटिङ चल्न नसक्दा डच टोली उपाधि विमुख भयो।

स्कट इडवार्ड्सको डच टोली १४ अतिरिक्त रन पनि प्राप्त गरेपछि सय रनको आँकडानजिक पुगेको हो। श्रीलंकाका प्रशिक्षक क्रिस सिल्भरउडले आफ्नो टोलीले सबै लक्ष्य पूरा गरेको भन्दै खुसी व्यक्त गरे।

४८ वर्षे इङ्लिस प्रशिक्षक क्रिसले आगामी अक्टोवर ५ देखि भारतमा हुने विश्वकपका लागि यो छनोट प्रतियोगिताबाट आत्मविश्वास प्राप्त भएको विश्वास व्यक्त गरेका छन्। ‘हाम्रो पहिलो लक्ष्य विश्वकपमा छनोट हुनु थियो, जहाँ हामी सफल पनि भयौं,’ उनले भने, ‘दोस्रो लक्ष्य भनेको विश्वकप छनोटको उपाधि जित्नु हो। त्यसमा पनि सफलता प्राप्त गर्‍यौं। अब हामी खुसीका साथ घर फर्कदै छौं। यहाँबाट आत्मविश्वास पनि लानेछौं। जुन आगामी विश्वकपमा उपयोगी हुनेछ।’

श्रीलंकाका स्पिनरहरूसँग निरीह भएपछि डच टोली फराकिलो हार बेहोर्न बाध्य भएको हो। स्पिनरको उक्त प्रदर्शनमा प्रशिक्षक क्रिस निकै उत्साहित पनि छन्। ‘यो सफलता प्राप्त खेलाडीका लागि ठूलो हो। घर फर्कंदा हाम्रा समर्थक पनि निकै खुसी हुनेछन्,’ उनले भने।

१० टोलीले खेल्ने विश्वकप खेल्न पाउनु टोलीका लागि ठूलो अर्थ राख्ने प्रशिक्षक क्रिसको भनाइ छ। ‘केही गल्ती सुधार गर्नेछौं। भारतमा हामीले केही सुधार गर्दै राम्रो प्रदर्शन गर्नेछौं भन्ने विश्वास छ,’ टोङ्गोमा जन्मिएका २६ वर्षे विकेटकिपर इडवाडर्सले भने।

फिल्डमा डच टोलीले धेरै राम्रो प्रदर्शन गरिरहेको छ। इडवार्ड्स पनि आफ्नो टोलीको बलिङ प्रदर्शनप्रति निकै खुसी छन्। त्यसमा बास डी लिडेको बलिङले सबैलाई प्रभाव पारेको छ।

 उनको बलिङ र ब्याटिङ प्रदर्शनका कारण स्कटल्यान्डलाई हराउँदै डच टोली विश्वकपका लागि छनोट भएको हो। फाइनलमा पनि विक्रमजित सिंहले लयमा रहेका श्रीलंकाका ओपनर पाथुम निशन्कालाई आउट गर्दै राम्रो आशा दिलाएका थिए। जारी छनोटमा दुई शतक प्रहार गरेका निशन्का २३ रनमा आर्यन दत्तद्वारा क्याच आउट हुन पुगेका थिए।

श्रीलंकाका स्पिनरहरूसँग निरीह भएपछि डच टोली फराकिलो हार बेहोर्न बाध्य भएको हो। स्पिनरको उक्त प्रदर्शनमा प्रशिक्षक क्रिस निकै उत्साहित पनि छन्।

यद्यपि, सहान अराहचिगेले ५७ रन, विकेटकिपर कुशल मेन्डिसले ४३ रन र चरिथा असलन्काले ३६ रन जोड्दै श्रीलंकाको धरमराएको इनिङलाई साथ दिए। तल्लो क्रमका वानिदु हसरंगाले पनि २९ रनको योगदान दिएपछि श्रीलंकाले सामान्य योगफल प्रस्तुत गर्‍यो। तर, बलिङमा मदुसन्का चम्किएपछि डच टोली निरीह बन्न बाध्य भयो। राम्रो साझेदारी बन्न नपाउँदै नेदरल्यान्ड्सले एकपछि अर्को विकेट गुमाउँदा श्रीलंकाले सहजै जित आफ्नो बनायो। 

प्रकाशित: २५ असार २०८० ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App