१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कैलाली अन्तिम चारमा

बाराविरुद्ध सट प्रहार गर्दै कैलालीकी मञ्जु बोगटी।

अत्तरिया— कैलालीको अत्तरियामा जारी रुस्लान अत्तरिया कप क्रिकेट प्रतियोगितामा बारा क्रिकेट एकेडेमीलाई हराउँदै कैलाली जिल्ला क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । यस नतिजासँगै सेमिफाइनल समीकरण पूरा भएको छ। समूह ‘बी’ मा रहेका बारा र कैलाली पहिलो खेलमा पराजित भएका थिए । दुईबीचको विजेता टोली सेमिफाइनल पुग्ने अवस्थामा कैलालीले बारामाथि ८ विकेटको सानदार जित दर्ता गरेको हो।

अत्तरियास्थित एपिएफ खेलमैदानमा जारी लिग चरणको अन्तिम खेलमा आइतबार टस जितेर पहिले ब्याटिङ गर्दै बारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६७ रन मात्र बनाउन सक्यो । जसमा ब्याटबाट ५० र अतिरिक्तबाट १७ रन बनेको थियो ।

बाराको पारिमा सरस्वती पुनले १९ र ममता चौलागाईंले १० रन बनाए । अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। कैलालीका लागि सुमन विष्टले २ विकेट लिइन् । कविता कुँवर, अञ्जली चन्द र लक्ष्मी साउदले १÷१ विकेट लिए । ६८ रनको विजयलक्ष्य लिएर मैदानमा उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले सहज रूपमा लक्ष्य पूरा ग¥यो । मन्जु विष्टको अविजित ३३ र कविता कुँवरको २२ रनको मद्दतले कैलालीले १२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटायो।

बाराकी सामना पुनले एक विकेट लिइन् । खेलमा उत्कृष्ट ब्याटिङ गरेकी मन्जु बोगटी वुमन अफ द म्याच हुँदै नगद तीन हजार हात पारिन् ।

यसअघि शनिबार राइजिङ क्रिकेट वुमनसँगको खेलमा पनि बाराले ७३ रनको स्कोर मात्रै बनाउन सकेको थियो । राइजिङले बाराविरुद्ध प्रतियोगिताकै सर्वाधिक २ सय ३ रनको स्कोर खडा गरेको थियो ।

सोमबार समूह ‘ए’ को विजेता एपिएफसँग समूह ‘बी’ को उपविजेता कैलालीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित: २५ वैशाख २०७४ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App