१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘हेड टु हेड’ अाधारमा रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

मड्रिड– लियोनल मेसीले सिजनमा ५१औं गोल पूरा गरेको दिन बार्सिलोनाले भिल्लारियाललाई ४–१ ले हराउँदै स्पेनिस ला लिगाको उपाधि होडमा रियाल मड्रिडमाथिको दबाब कायम राखेको छ। घरेलु मैदानमा भिल्लारियाललाई हराउन नेइमार लुइस स्वारेजले पनि १-१ गोल गरे। यससँगै जारी सिजन बार्सिलोना अग्रपंक्तिका तीन फरवार्डले गरेको गोल संख्या १ सय २ पुगेको छ ।

‘मेसी विशेष प्रतिभा भएका खेलाडी हुन् उनले कति बेला कसरी विपक्षीविरुद्ध आक्रमण बुन्छन् भन्न सकिँदैन,’ बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले भने, ‘अरू खेलाडीभन्दा नेइमारको फुटबल बुझाइ फरक खालको छ । उनी तीव्र गतिमा खेल्छन् ।’

बार्सिलोनाको यो लगातार पाँचौं जित हो। जितसँगै रियालसँग समान ८४ अंक भए पनि ‘हेड टु हेड’ का आधरमा बार्सिलोना शीर्ष स्थानमा कायम छ।

प्रशिक्षक जिनेदिन जिदानले च्याम्पियन्स लिग सेमिफाइनलमा एट्लेटिको मड्रिडलाई ३–० ले पराजित गरेको टोलीमा ९ खेलाडी परिवर्तन गरे पनि रियालले रेलिगेसनमा परेको ग्रानडामाथि ४–० को सहज नतिजा निकालेको छ ।

‘अब हामीलाई अन्तिम तीन फाइनल खेल खेल्नुपर्नेछ,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘बार्सिलोनाले के गर्छ त्यो हाम्रो सरोकारको विषय होइन । हामी हाम्रो खेलमा केन्द्रित हुनुपर्छ ।’

रियालले अब लिगमा ३ खेल खेल्न बाँकी छ भने बार्सिलोनाले २ खेल । रियालले बाँकी सबै खेल जिते २०१२ पछि पहिलो पटक ला लिगाको उपाधि उचाल्नेछ । ग्रानाडा भ्रमणमा रियाललाई सहज जित दिलाउने क्रममा अल्भेरो मोराटा र हामेस रोडरिग्वेजले समान दुई गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा मेसीले गोल गरेपछि खेल बार्सिलोनाको पक्षमा गएको थियो । नेइमारले २१औं मिनेटमा गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । तर, ३२औं मिनेटमा सेड्रिक बकम्बुले गरेको गोलमा भिल्लारियालले बराबरी गरेको थियो । ६९औं मिनेटमा स्वारेजले अर्को गोल थपे भने खेल सकिन ८ मिनेट बाँकी रहँदा मेसीले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

‘मेसी विशेष प्रतिभा भएका खेलाडी हुन् उनले कति बेला कसरी विपक्षीविरुद्ध आक्रमण बुन्छन् भन्न सकिँदैन,’ बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले भने, ‘अरू खेलाडीभन्दा नेइमारको फुटबल बुझाइ फरक खालको छ । उनी तीव्र गतिमा खेल्छन् ।’

च्याम्पियन्स लिगको हार बिर्साउँदै एट्लेटिकोले इबरलाई १–० ले हराउँदै लगातार पाँचौं वर्ष शीर्ष तीनमा रहेर च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । पाँचाौं स्थानको भिल्लारियालभन्दा ११ अंकले अघि रहेको एट्लेटिको तेस्रो स्थानमा कायमै छ । एट्लेटिको चौथो स्थानको सेभियाभन्दा पाँच अंकले बढी हो ।

रियालसँग ३–० ले पराजय भोगेको एट्लेटिकोका समर्थक खेल अवधिभर टोलीको हौसला बढाउन रंगशालामा थिए ।

‘आज रंगशालाको वातावरण अद्भुत रह्यो । अन्तिमसम्म उनीहरूले हामीलाई साथ दिए,’ इबरविरुद्ध निर्णायक गोल गरेका सउल निगुएजले भने, ‘उनीहरू बुधबार पनि हाम्रो साथमा हुनेछन् । उत्कृष्ट पुनरागमन गर्नका लागि हामी हाम्रो तर्फबाट सक्दो सबै प्रयास गर्नेछौं ।’

डिएगो गोडिनले क्रसमा वैकल्पिक खेलाडी फर्नान्डो टोरेस चुकेपछि निगुएजलेले ६९औं मिनेटा पोस्टको दिशा दिएका थिए । गोडिनले इन्जुरी समयमा लगातार दुई पटक पहेंलो कार्डको सामना गरेपछि मैदान छाड्नुपरेको थियो ।

प्रकाशित: २५ वैशाख २०७४ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App