१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

होल्गर ओभरम्यान काठमाडौंमा

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक होल्गर ओभरम्यानले युवा कार्यक्रमबाट नेपालमा प्रतिभावान खेलाडी उत्पादन गर्न सकिने विश्वास व्यक्त गरेका छन्। युथ फुटबल विकास कार्यक्रमको सहयोगका लागि नेपाल आएका होल्गरले आफू बाचुन्जेल नेपाली फुटबललाई माया गर्ने बताउँदै भने, 'नेपाल मेरो लागि जर्मनीपछि दोस्रो घर हो। यहाँको फुटबलसँग मेरो विशेष लगाव छ। नेपाली फुटबल विकासका लागि म सबैखाले सहयोगका लागि तयार छु।'

पूर्व खेलाडी राजिव नेपालीले पछिल्लो एक वर्षदेखि सञ्चालन गर्दै आएको नेपाल युथ कार्यक्रमलाई सघाउन होल्गर नेपाल आएका हुन्। कार्यक्रमअन्तर्गत कुलेश्वरमा ५० खेलाडीले निशुल्क प्रशिक्षण गर्दै आएका छन्।

युथ कार्यक्रमको सहयोगका लागि सोमबारै कार्यक्रमका अध्यक्ष नेपाली र जर्मनीको भिएफआर मेर्जहौसेनका अध्यक्ष वोल्फगंग वेयर्सबीच सम्झौता भएको छ। सम्झौता अनुसार जर्मनीको क्लबले नेपाल युथ कार्यक्रमलाई प्राविधिक उपलब्ध गराउने, प्रशिक्षणमा सघाउनेलगायतका बुदा उल्लेख छन्।

होल्गरले सन् १९९० देखी १९९५ सम्म राष्ट्रिय टोलीका लागि युवा विकास प्रशिक्षण कार्यक्रमको निर्देशकका रुपमा काम गरेका थिए। होल्गरको प्रशिक्षणमा नेपाल सन् १९९३ मा दक्षिण एसियाली फुटबलमा च्याम्पियन भएको थियो।

प्रकाशित: २९ चैत्र २०७३ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App