१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

रोनाल्डोको नाममा विमानस्थल

फुन्चल– पोर्चुगल तथा रियाल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनान्डोको नामबाट अन्तर्राष्ट्रिय विमानस्थलको नामकरण गरिएको छ।

पोर्चुगलको मडेइरा आइसल्यान्डमा बुधबार एक औपाचारिक कार्यक्रमबीच स्थानीय विमानस्थललाई रोनाल्डोको नाम दिइएको थियो । ‘एरोपोर्टो क्रिस्टियानो रोनाल्डो’ नाम दिइएको विमानस्थान नामकरणको औपचारिक कार्यक्रममा रोनाल्डोसँगै दर्जनभन्दा धेरै उच्च पदाधिकारी तथा सयौं समर्थक उपस्थित थिए।

‘एरोपोर्टो क्रिस्टियानो रोनाल्डो’ नाम दिइएको विमानस्थान नामकरणको औपचारिक कार्यक्रममा रोनाल्डोसँगै दर्जनभन्दा धेरै उच्च पदाधिकारी तथा सयौं समर्थक उपस्थित थिए ।

पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थल प्रवेशद्वारमा बनाइएको रोनाल्डोको अर्धकदको प्रतिमा अनावरण गर्दै विमानस्थलको उद्घाटन गरेका थिए ।

मडेइरामा ३२ वर्षे रोनाल्डो नायकका रूपमा परिचित छन् । उनको जन्मथलो मडेइरामा रोनाल्डोको नाममा संग्रहालय र होटल खोलिएको छ भने प्रतिमा स्थापना गरिएको छ ।

‘यस सहरमा जन्मनु पाउनु गर्वको विषय हो,’ आफ्नो मन्तव्यका क्रममा रोनाल्डोले जन्मथलोबारे बताए । ४ पटक फिफा वर्षखेलाडी बनेका रोनाल्डोले राष्ट्रिय टोलीबाट कीर्तिमानी १ सय ३८ खेल खेल्दै ७१ गोल गरेका छन् । रोनाल्डोले स्थानीय एन्डोरिनहा फुटबल क्लबबाट ७ वर्षको उमेरमा आफ्नो खेल करियर सुरु गरेका थिए ।

पोर्चुगलले फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपको उपाधि जितेपछि मडेइरा संघीय सरकारले विमानस्थलको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । तथापि आलेचकले नामकरणका लागि अझै लोकप्रिय तथा ऐतिहासिक व्यक्तित्वहरू भएको भन्दै विरोध जनाएका थिए । सम्मानका लागि जीवित सार्वजनिक व्यक्तित्व कमै भएको स्वीकार गर्दै रोनाल्डोले नाम परिवर्तनप्रति असन्तुष्टि रहेकोबारे आफू जनाकार रहेको बताए ।

तथापि राष्ट्रपति मार्सेलो रेबेलो डी सोउसाले निर्वाचित सरकारले निर्णय गरेकाले नाम परिवर्तन कानुनसम्मत रहेको बताए । उनले आफ्नो सम्बोधनमा रोनाल्डोबारे भने, ‘उत्कृष्टताको नमुना हुन् । मडेइरा र पोर्चुगललाई विश्वसामु परिचित गराउनु धेरै ठूलो काम हो ।’

फुटबल खेलाडीको नामबाट विमानस्थलको नामकरण हुने रोनाल्डो पहिलो व्यक्ति होइनन् । नर्दन आयरल्यान्डमा वेलफास्ट सिटी विमानस्थललाई २००६ मा म्यानचेस्टर युनाइटेडका विंगर जर्ज बेस्टको नाम दिइएको थियो ।

प्रकाशित: १७ चैत्र २०७३ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App