१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

कुवेत विरुद्धको खेल रद्द भएसँगै नेपाल फाइनलमा, फाईनलमा यूएईसंग खेल्ने

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल अन्तर्गत कुवेत विरुद्धको खेल भारी वर्षाका कारण पुरा हुन नसकेपछि नेपाल फाईनलमा पुगेको छ। 

खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो।जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८दशमलब ३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो। तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए। खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो।

कुवेतका ओपनर आदनान इद्रिस शून्य, रमिजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसाथ ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए।नेपालका करण केसीले ४दशमलब ३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए। सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए।

त्यसअघि किर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो। निरन्तर वर्षाले प्रभावित खेलमा ८/८ ओभर घटाइएको थियो।

नेपालका लागि सबै भन्दा वढि कप्तान रोहित पौडेलले ९५ बलमा ९४ रन बनाए। कुसल मल्लले ५७ , कुसल भुर्तेलले ४३ र आसिफ शेखले ३१ रन बनाए। आरिफ शेख १९ रनमा रन आउट भए।

भिम सार्की १ रनमा, सन्दीप लामिछाने ५रनमा ,करन केसी ७ रनमा तथा दिपेन्द्रसिंह ऐरी ० रनमा आउट भए। सोमपाल कामी १३  तथा ललितराजवंशी २ रनमा नट आउट रहे। कुवेतका लागि मोहमद अस्लाम र अन्दान इन्दीजले तीन तीन विकेट हात पारे। त्यसैगरी एसिन पटेल र साहेम मोनिवले एक एक विकेट लिए। 

आजै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा डिएलएस मेथडमा यूएई ओमानलाई २ रनले हराउँदै फाईनलमा पुगेको छ। यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले  ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएपछि खेलको निर्णय  डिएलएस मेथडबाट गरिएको हो ।अव नेपालले उपाधीको लागि पर्सि सोमबार यूएईसंग खेल्नुपर्नेछ।   

प्रकाशित: १६ वैशाख २०८० ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App