१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिममा, नवौं पश्चिमाञ्चलमा हुने

धरान- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अबको दुई बर्षपछि २०७५ मा मध्यपश्चिमाञ्चल क्षेत्रमा आयोजना हुने भएको छ।

सातौं राष्ट्रिय खेलकुदको शुक्रबार धरानमा आयोजित समापन समारोहमा आठौं खेलकुद मध्यपश्चिममा हुने घोषणा भएको हो। आठौं खेलकुदको आयोजना घोषणासँगै सोही समारोहमा सम्बन्धित क्षेत्रलाई खेलकुद झण्डा हस्तान्तरण पनि गरिएको थियो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद समितिका अध्यक्ष भिम ओलीलाई आठौं खेलकुदको झण्डा हस्तान्तरण गरेका थिए। सोही समारोहमा नवौं राष्ट्रिय खेलकुद पश्चिमाञ्चल क्षेत्रमा आयोजना गर्ने निर्णय भइसकेको पनि परिषदले जानकारी दियो।

आठौं खेलकुद आयोजना गर्ने पालो पश्चिमाञ्चल क्षेत्रको थियो। तर, खेलकुद मन्त्रीले आफ्नो क्षेत्रमा जर्बजस्ती निर्णय गराएर लगेको भन्दै पश्चिमाञ्चल क्षेत्रका खेलकुद पदाधिकारीहरु आक्रोशित बनेका छन्। ‘आठौं राष्ट्रिय खेलकुद आयोजना पश्चिमाञ्चल क्षेत्रको थियो, मन्त्री हुदैमा पालो मिचेर आफ्नो ठाउँमा लाने ?’–मध्यपश्चिमले आठौंको झण्डा लिदै गर्दा कास्की जिल्ला खेलकुद विकास समितिका दिपक गोदारले भने–‘खेलकुद क्षेत्रमा मनपरी भयो।’

आठौं आयोजना गर्ने पालो भएपनि खेलकुद मन्त्री दलजीत श्रीपाली मध्पश्चिमाञ्चल क्षेत्रको भएकोले मध्यपश्चिमले पनि आयोजना दाबी गरिरहेको थियो। मन्त्रीको दबाबमा परिषदको बोर्ड बैठकले आठौं खेलकुद २०७५ मा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णय गर्दा पश्चिमाञ्चलको विरोध मत्थर पार्न नवौं राष्ट्रिय खेलकुद २०७७ मा पश्चिमाञ्चलमा गर्ने निर्णय पनि गरेको हो । पुष ८ गते विराटनगरमा उद्घाटन भएको सातौं राष्ट्रिय खेलकुद शुक्रबार धरानमा औपचारिकरुपमा समापन भएको छ।

प्रकाशित: १५ पुस २०७३ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App