१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

भारतको संघर्ष जारी

राजकोट- चेतेश्वर पुजारा र मुरली विजयले शतक बनाएपछि इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतले गतिलो जवाफ फर्काएको छ। उच्च स्कोर बनेको टेस्टको तेस्रो दिन शुक्रबार खेल सकिँदा घरेलु टोलीले ४ विकेट क्षतिमा ३ सय १९ रन बनाएको छ।

१ सय २४ रन बनाएका पुजारालाई इङ्ल्यान्डका लागि पहिलो इनिङमा शतक बनाएका बेन स्टोक्सले आउट गरेका थिए। ८६ रन बनाउँदा टिभी रिभ्युबाट जीवनदान पाएका पुजाराले टेस्ट क्रिकेटमा नवौं र इङ्ल्यान्डविरुद्ध तेस्रो शतक पूरा गरेका थिए। उनले दोस्रो विकेटमा विजयसँग २ सय ९ रनको महŒवपूर्ण साझेदारी गरेका थिए। झन्डै आठ घन्टा क्रिजमा बिताएका ओपनर विजयले १ सय २६ रन बनाए। उनले ३ सय १ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरे। २ सय ९ बल खेलेका पुजाराले १७ चौका हानेका थिए।

भारतीय कप्तान विराट कोहली २६ रनमा अविजित रहँदा दिनको खेल सकियो। अन्तिम बलमा नाइटवाच म्यानका रूपमा मैदान छिरेका अमित मिश्र खाता नखोल्दै जाफर अन्सारीको सिकार हुन पुगे।

६ विकेट बाँकी रहेको भारत अझै २ सय १८ रनले पछाडि छ। जोए रुट, मोइन अली र स्टोक्सको शतकप्रेरित इङ्ल्यान्डले पहिलो इनिङमा ५ सय ३७ रन बनाएको थियो।

९९ रनबाट १ रन थप्न पुजाराले १० बल सामना गर्नुपरेको थियो। अत्तालिँदै १ रन लिएर उनले शतक पूरा गरेका थिए। सयौं टेस्ट खेलिरहेका स्टुवार्ड बोर्डलाई लगातार दुई चौका प्रहार गर्दै विजयले टेस्ट क्रिकेटमा सातौं शतक पूरा गरेका थिए। विजयले पनि ६६ रनमा जीवनदान पाएका थिए। त्यसअघि बिहानी सत्रमा भारतका गौतम गम्भिर (२९) १ रन थप्दै आउट भएका थिए। विना विकेट क्षति ६३ रनबाट विजय र गौतमले तेस्रो दिनको खेल अघि बढाएका थिए । इङ्ल्यान्डका लागि बोर्ड, अन्सारी, अदिल रसिद र स्टोक्सले समान १ विकेट लिएका थिए।

प्रकाशित: २७ कार्तिक २०७३ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App