१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रियल मड्रिडको सानदार जित

मड्रिड– स्पेनिस  कोपा डेल रे कप अन्तर्गत पहिलो लेगको खेलमा रियल मड्रिडले कल्चरल लिओनेसोमाथि सानदार जित हात पारेको छ।
बुधबार राति सम्पन्न खेलमा रियल मड्रिडले कल्चरल लिओनेसामाथि ७–१ को सानदार जित निकालेको हो। खेलको ६ औं मिनेटमा लिओनेसाका जुभिरेलोनले गरेको आत्मघाती गोलमा रियलले सुरुवाती अग्रता लिएको थियो।  त्यस्तै आरेन्सियोले खेलको ३२ औं मिनेटमा गोल गर्दा रियल मड्रिडले पहिलो हाफमा २–० को अग्रता लिएको थियो।  
खेलको दास्रो हाफको सुरुवातमा नै अल्भारो माराटाले गोल गर्दै रियलको अग्रता ३–० मा पुर्याएका थिए । त्यस्तै खेलको ५३ औं मिनेटमा आरेन्सिया र खेलको  ५५ मिनेटमा माराटाले गोल गर्दै रियलको अग्रता ५–० मा पुर्याएका थिए । खेलको ६८ औं मिनेटमा नाचोले गोल गर्दा रियलले ६–० को अग्रता लिएको थियो।

खेलको ८४ औं मिनेटमा कल्चरल लिओनेसोका मार्टिनेज मार्टिनेजले गोल गर्र्दै खेललाई ६–१ को अन्तरमा झारेका थिए ।   खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा डिायज मेजियाले गोल गर्दै रियललाई ७–१ को सानदार जित दिलाएका थिए ।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App