१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रोड टु सिंगापुरमा दुई टेनिस खेलाडी

काठमाडौं- नेपालका दुई महिला टेनिस खेलाडीले डब्लुटिए रोड टु सिंगापुरमा सहभागिता जनाउने भएका छन्। दुई खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली सोमबार सिंगापुर गएको छ।

 अक्टोबर १७ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा मायांका राणाले यु–१६ तथा इरा रावतले यु–१४ उमेर समूहको महिला सिंगलमा प्रतिस्पर्धा गर्ने छन्। गत मे १ र २ तारिखमा सम्पन्न छनोट प्रतियोगिताबाट मायांका र इरा पहिलो हुँदै रोड टु सिंगापुरका लागि छनोट भएका हुन्। टिम प्रशिक्षकमा कृष्णराज घले छन्।

मायांका र इराको स्पर्धामा उनीहरूसहित २०–२० खेलाडी सहभागी हुने प्रशिक्षक घलेले जानकारी गराए। २० खेलाडीलाई विभिन्न चार समूहमा विभाजन गरी खेल खेलाइने छ। समूहको शीर्ष स्थानमा रहने खेलाडी सेमिफाइनल पुग्ने छन्।

प्रतियोगितामा नेपालसहित सिंगापुर, अस्ट्रेलिया, चीन, चाइनिज ताइपेई, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड, उज्वेकिस्तान, भियतनाम र प्यासिफिक ओसिएना क्षेत्रका खेलाडीको सहभागिता रहने जनाइएको छ।

टोलीलाई नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष तथा अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले सोमबारै बिदाइ गरिन्।

प्रकाशित: २ कार्तिक २०७३ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App