१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लेस्टर सिटीलाई पराजित गर्दै चेल्सी चौथो चरणमा

लण्डन–इङलिस लिग कप प्रतियोगीता अन्तर्गत मंगलबार राती सम्पन्न नाटकीय खेलमा लेस्टर सिटीलाई पराजित गर्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ।

लिग कप अन्तर्गत मंगलबार राती सम्पन्न तेस्रो चरणको खेलमा चेल्सीले  लेस्टर सिटीलाई  ४–२ गोल अन्तरले पराजित गर्यो। खेलमा अग्रता भने लेस्टर सिटीले लिएको थियो। खेलको १७ औ र ३४ औ मिनेटमा गोल गर्दै ओकाजाकीले लेसटरलाई २–० को अग्रता दिलाएका थिए।  तर खेलको ४५ औ मिनेटमा गोल गर्दै चेल्सीका काहिलले खेल २–१ को अवस्थामा पुर्याएका थिए। दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नै गोल गर्दै  चेल्सीले खेललाई २–२ गोलको बराबरीमा ल्याएको थियो । बराबरीतर्फ अग्रसर खेलमा चेल्सीका सेस फ्याब्रिग्यासले खेलको ९२ औ र ९४ औ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई नाटकीय रुपमा ४–२ को जित दिलाए।

त्यस्तै मंगलबार नै सम्पन्न अन्य खेलमा लिभरपुलले काउन्न्टीलाई ३–० गोल अन्तरले पराजित गर्दा आर्सनलले नटिङघम फरेस्टलाई ४–० गोल अन्तरले पराजित गरेको छ।

 

 

प्रकाशित: ५ आश्विन २०७३ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App