१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुलले चेल्सीलाई हरायो

लण्डन- इङ्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको हो।

खेलको १७औं मिनेटमा गोल गर्दै लिभरपुलका रक्षक डिजेन लोरनेले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३६औं मिनेटमा कप्तान जोर्डन हेन्डरसनले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए।

चेल्सीका लागि उत्कृष्ट लयमा रहेका स्ट्राइकर डिएगो कोस्टाले खेलाके ६१औं मिनेटमा गोल गर्दै खेललाई २-१ गोलको  अवस्थामा ल्याएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल लिभरपुलले २-१ ले जित्यो। जारी लिगमा चेल्सीको यो पहिलो हार हो।

प्रकाशित: १ आश्विन २०७३ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App