नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछानेसहितको राष्ट्रिय टिम घोषणा गरेको छ।
बिहिबार नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरिएको हो।
बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछानेलाई क्यानले बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको हो। यद्यपी लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन छ। उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। यस निवदेन माथि भोलि शुक्रबार पहिलो सुनुवाइ हुने भएको छ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि यसअघि नेपाल क्रिकेट संघ क्यानले पहिलो चरणको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको थियो।
त्यसबेला सन्दीप र प्रतिश थिएनन्। दोस्रो चरणमा कूल २० खेलाडी राख्दा २ नयाँ खेलाडी थपिए भने पहिलो चरणबाट १० खेलाडी बाहिरिएका छन्।
दोस्रो चरणमा सन्दीप र प्रतिशसँगै कप्तान रोहित पौडेल कुशल भुर्तेल आसिफ शेख ज्ञानेन्द्र मल्ल कुशल मल्ल आरिफ शेख दीपेन्द्र सिंह ऐरी गुलशन झा करण केसी सन्दीप लामिछाने ललित राजवंशी सन्दीप जोरा भिम शार्की कमल सिंह ऐरी किशोर महतो मौसम ढकाल सूर्य तामाङ सोमपाल कामी र अर्जुन साउद छन्।
शरद भेषावकर, विनोद भण्डारी, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल साह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी र सागर ढकाल बाहिरिएका छन्।
यो पनि पढ्नुहोस्
अन्ततः सन्दिप बन्द प्रशिक्षणमा, आजैदेखि होटलमा बस्ने, थुनामा राख्न निवेदन माथिको सुनवाइ भोली
यो पनि पढ्नुहोस्
निलम्बन फुकुवा भएसंगै सन्दिप भन्छन्: समयसंगै फेरि भेट होला
यो पनि पढ्नुहोस्
क्यानको खेलाडी वर्गीकरण: ज्ञानेन्द्र मल्ल ‘बी’ ग्रेडमा, सन्दीप परेनन्
यो पनि पढ्नुहोस्
क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
यो पनि पढ्नुहोस्
सन्दीपलाई थुन्न माग गर्दै सर्वोच्चमा निवेदन
यो पनि पढ्नुहोस्
महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा दियाे निवेदन
प्रकाशित: १९ माघ २०७९ १३:४८ बिहीबार