१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

युइएफए च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

मोनाको–युरोपियन फुटबल एसोसिएसन युइएफएले सन् २०१६÷१७ सिजनको च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक गरेको छ ।
बिहीबार राति सार्वजनीक गरिएको खेल तालिका अनुसार गत वर्षको विजेता स्पेनिस क्लब रियल मड्रिडले समूह एफमा जर्मनीको डर्टमन, पोर्चुृगलको स्पोट्रिङ सिपी लेस्वन र पोल्याण्डको लेजियासँग प्रतिशपर्धा गर्नेछ।

त्यस्तै समूह ए मा फ्रान्सको पेरिस सेन्ट जर्मन, इङल्याण्डको आर्सनल, स्विजरल्याडको एफसी बासेल र बुल्गेरियाको लुदोगोरेट्स रजगर्ड रहेका छन् । समूह बि मा बेनीफिका , इटालीको नेपोली , युके्रनको डाइनामो किभ र टर्कीको बेसिकत्तास रहेका छन् ।

समूह सि मा स्पेनीसको बार्सिलोना,  प्रिमियर टोली म्यानचेस्टर सिटी,, जर्मनीको बोर्सीया एमब्याच,र स्कटल्याण्डको सेल्टिक परेका छन् । समूह डि मा जर्मनी च्याम्पियन बार्यन म्युनिख, गत वर्षको उपविजेता एथलेटिको मड्रिड, नेदरल्याण्डको आईन्डोभन र रसीयाको एफसी रोस्तोध रहेका छन् । त्यस्तै समूह इ मा रसियन क्लब सिएसके मस्को, जर्मनीको बार्यन लेभरस्कुरेन ,टोटनह्याम र एससी मोनाको रहेका छन् ।

त्यस्तै समूह गत वर्षको प्रिमियर लिग विजेता लेस्टर सिटी , पोर्चुगलको एपसी पोर्टो, बेल्जियमको क्लब ब्रुज र डेनमार्कको एफसी कोपनहेगन रहेका छन् । त्यस्तै समूह एचमा सिरी ए विजेता युभेन्टस , स्पेनको सेभिल्ला, फ्रान्सको लियोन  र क्रोएसियाको डाइनामो जाग्रेब रहेका छन् ।

 

प्रकाशित: १० भाद्र २०७३ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App