१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विजय कांस्य पदकमै सीमित

 नेपालका बक्सर विजय बाटा मंगलबार एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा पराजित हुँदै कांस्य पदकमा नै सीमित भएका छन्।  

थाइल्यान्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी च्याम्पियनसिपमा मंगलबार विजय सेमिफाइनलमा पराजित भएका हुन्। विजयसँगै त्रिशा जबेगुको चुनौती पनि सेमिफाइनलमा नै सीमित भएको हो। विजय पुरुष ८६ केजी तौलसमूहको सेमिफाइनल प्रतिस्पर्धा स्तब्ध भए। उनी इन्डोनिसियाका दक्षिणपूर्वी एसियन गेम्सका स्वर्ण विजेता मेइखेल रोबर्ड मुस्कितासँग आरएसीका आाधारमा पराजित भएका हुन्। त्रिशा भने महिलातर्पm ७५ केजी तौलसमूहको सेमिफाइनलमा आइतबार राति कजाकिस्तानी एरजन गुल्सायसँग अंकको आधारमा पराजित भएकी थिइन्।

यस च्याम्पियनसिपमा महिला र पुरुषमा समान ३÷३ गरी कुल ६ बक्सरले नेपालको तर्पmबाट चुनौती प्रस्तुत गरेका थिए। यीमध्ये नेपालकी बक्सर सुस्मा तामाङले फाइनलमा स्थान बनाउँदै इतिहास रचेकी छन्। युवा बक्सर सुष्मा महिला ४८ केजी तौलसमूहमा गत आइतबार फाइनलमा प्रवेश गर्दै नेपालको बक्सिङमा ऐतिहासिक सफलता दिलाएकी हुन्। फाइनलमा पुगेकी सुष्माले कम्तीमा पनि रजत पदक सुरक्षित गरिन्। सुष्माको सफलता नेपालको बक्सिङ इतिहासका लागि सबैभन्दा ठूलो पदक हो। यसअघि एसियाली प्रतिस्पर्धामा नेपालको सबैभन्दा ठूलो सफलता कांस्य पदक हो।

यस क्रममा सुष्माले सेमिफाइनलमा मंगोलियाकी बक्सर बेइस्यनबेई जनारगुलीलाई रेफ्री स्टप कन्टेस्ट (आरएसी) का आधारमा हराइन्। नेपालले एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा तीन कांस्य पदक जितिसकेको छ। गत आइतबार नै बैंककमा नेपालकी बक्सर हेमा राईको चुनौती पनि कांस्य पदकमा नै सीमित भएको थियो। महिला ५७ केजी तौलसमूहको सेमिफाइनलमा उनी मंगोलियाकी बत्तुर जोल्जारगलसँग ५–० ले स्तब्ध भएकी थिइन्। शुक्रबार नेपालका दुई बक्सर लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारको चुनौती क्वार्टरफाइनलमा नै सीमित भएको थियो।  

प्रकाशित: ११ माघ २०७९ ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App