१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनल प्रवेश

नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको हो।

नेदरल्यान्ड्सको क्वार्टरफाइनल यात्रामा डम्प्रिफससँगै मेम्फिस डिपे र डेले ब्लाइन्डले पनि एक/एक गोल गरे। अमेरिकाको हाजी राइटले एक गोल गरे।  डिपेले १०औं मिनेटमा नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए।

प्रकाशित: १७ मंसिर २०७९ १६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App