३ असार २०८१ सोमबार
image/svg+xml
समाज

खेल्न गएका बालक मृत फेला

घरबाट खेल्न भनी निस्किएका इलाम नगरपालिका–८ का एक बालक मृत भेटिएका छन्। इलाम नगरपालिका–८, तिल्केनीका १० वर्षे आशिष राई गाईको गोठमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालका अनुसार बालक आशिषलाई दिउँसो १ बजेतिर झुन्डिएको अवस्थामा फेला परेपछि इलाम अस्पताल ल्याइएको थियो।

तर, अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जानकारी दिएको छ।

प्रकाशित: २४ कार्तिक २०७९ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App