४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायको चार बर्से कार्यकाल आजदेखि पूरा हुँदै छ। २०७५ असोज २१ गते दुवैको नियुक्ति भएको थियो। प्राज्ञ परिषद्का अन्य नौ सदस्यको कार्यकाल भने आगामी पुस १ गते सकिनेछ।

प्राज्ञ डा. देवी नेपालका अनुसार रिक्त पदमा उपकुलपति डा. जगमान गुरुङले निमित्त कुलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले निमित्त सदस्य सचिवको कार्यभार सम्हाल्दै गर्दै छन्।

प्रकाशित: २० आश्विन २०७९ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App