१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा थपिए साढे चार हजार मतदाता

सर्लाहीमा साढे चार हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि ४ हजार ५९९ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।  

ग्त स्थानीय तहको निर्वाचमा सर्लाहीमा ४ लाख ७४ हजार ४३९ मतदाता रहेकामा आसन्न निर्वाचनको लागि जिल्लामा ४ हजार ५९९ मतदाता थपिएर ४ लाख ७९ हजार ३८ पुगेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।  

सर्लाहीका कुल मतदाता मध्ये दुई लाख ५९ हजार ४१४ जना पुरुष, दुई लाख १९ हजार ६१४ जना महिला र १० जना अन्य रहेका छन्। सर्लाहीमा ३१२ वटा मतदान स्थल कायम गरिएको छ। यसअघि जिल्लामा ३१८ मतदान स्थल कायम गरिएको थियो। अपायक रहेका र सुरक्षाको दृष्टिले सजिलो हुने केही मतदान स्थललाई मर्ज गरिएको कार्यालयले जनाएको छ।  

मंसिर ४ का लागि सर्लाहीमा ६०० मतदान केन्द्र कायम भएको छ। गत वैशाखमा जिल्लामा ५९९ मतदान केन्द्र रहेका थिए। गत स्थानीय तहको निर्वाचनभन्दा छ वटा मतदानस्थल कम भई नजिकको मतदान स्थलमा गाभिएको र एउटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोखरेलले जानकारी गराएका छन्।

प्रकाशित: ९ आश्विन २०७९ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App