४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तालिममा अर्बौं लगानी गरेर पनि दक्ष कर्मचारीको अभाव भयोः उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले तालिममार्फत दक्ष जनशक्ति निर्माणका लागि निजी क्षेत्र आफैँ जागरुक हुनुपर्ने बताएका छन्।

आईतवार महासंघमा भएको वस्तुगत परिषद्का सदस्यहरुसँग सर्टटप वर्क तालिम सम्झौता कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्। उनले राज्यले सरकारी कर्मचारीलाई नै तालिममार्फत दक्ष बनाउन नसकेको बताए।

उपाध्यक्ष श्रेष्ठले राज्यले निजी क्षेत्रका उद्योगका लागि दक्ष जनशक्ति उत्पादन अहिलेसम्म नगरेको भन्दै निजी क्षेत्र आफैँ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए। उनले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत लगानी निजी क्षेत्रको रहेका भन्दै दक्ष जनशक्ति उत्पादन पनि आफैँ गर्नुपर्ने बताए। उनले राज्यले दक्ष जनशक्ति उत्पादनको लागि राज्य ठूलो लगानी गरेपनि प्रभावकारी नभएको बताए।

 उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्रका साना,मझौला र ठूला उद्योगमा काम गर्ने श्रमिकहरु ५० प्रतिशत दक्ष जनशक्ति नभएको दाबी गरे। उनले त्यस्ता उद्योगमा ४० प्रतिशत मात्रै दक्ष जनशक्ति रहेको बताए। उपाध्यक्ष श्रेष्ठले कर्णाली प्रदेशमा ९० प्रतिशत नै दक्ष जनशक्ति नभएकाले अहिलेसम्म विकास नभएको बताए। उनले दक्ष जनशक्ति उत्पादनको लागि सीपविकास तालिममा अर्बौं लगानी गरेर पनि प्रभावकारी नभएको र सरकारले तालिम दिएर कर्मचारी समेत अर्को ठाउँमा सरुवा गर्दा दक्ष कर्मचारीको अभाव हुने गरेको बताए।

उनले भने,‘ नेपालका साना,मझौला तथा ठूला उद्योगहरुमा भएको जनशक्ति ५० प्रतिशत दक्ष छैनन्। नेपाली उद्योगमा एकिन डाटा नभए पनि ५० प्रतिशत भन्दा कम रहेका छन्। ४० प्रतिशत मात्रै दक्ष जनशक्ति रहेका छन्। अहिले कर्णाली प्रदेशमा १० प्रतिशत मात्रै दक्ष जनशक्ति रहेको छ। त्यहाँको अवस्था हेरेर नेपालमा दक्ष जनशक्ति कति आवश्यक रहेका छ भन्नेकुरा थाहा हुन्छ। ९० प्रतिशत दक्ष जनशक्ति छैनन्। त्यसले गर्दा चुनौती रहेको छ। नेपालमा तालिम लिने कुरामा सबै नेपालीले १० पटक तालिम पाएको कुराहरु बाहिर आएको छ तर पुष्टि भएको छै । त्यसमा राज्यले खर्च गरेको छ। दक्ष जनशक्ति उत्पादनको लागि राज्यले धेरै खर्च गरेको भन्नेकुरा छ। त्यो १० पटक नभए पनि सत्य हो। सरकारले तालिम दिएर कर्मचारी सरुवा गर्ने गरेको छ। मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत लगानी रहेकाले दक्ष जनशक्ति उत्पादनको लागि निजी क्षेत्र नै जागरुप हुनुपर्छ । अगाडि सर्नुपर्छ।’

प्रकाशित: ९ आश्विन २०७९ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App