१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अब शुक्रबार पनि फुङलिङका बजार खुल्ने

प्रत्येक शुक्रबार साप्ताहिक रुपमा बन्द हुने ताप्लेजुङको फुङलिङ बजारका पसलहरु आउँदो कात्तिक ११ गते शुक्रबारसम्म खुल्ला हुने भएका छन्।

दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई मध्यनजर गरी ताप्लेजुङ उद्योग वाणिज्य संघले भदौ ३१ गते शुक्रबारदेखि कात्तिक ११ गते शुक्रबारसम्म खुल्ला रहने निर्णय गरेको छ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले साप्ताहिक रुपमा शुक्रबार बन्द हुने बजार अब कात्तिक १८ गते शुक्रबारबाट मात्र पुनः बन्द हुने गरी अरु साताका शुक्रबार खुल्ला हुने निर्णय भएको जानकारी दिए।

चाडपर्वको समयमा ताप्लेजुङ उद्योग वाणिज्य संघले साप्ताहिक रुपमा बन्द हुने बजार खुलाउँदै चाडपर्व सकिएपछि साविक झैं बन्द गर्ने निर्णय गर्दै आएको छ।

प्रकाशित: ३० भाद्र २०७९ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App