सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको छ। तस्करी गरेर ल्याइएको सामान बरामद गर्ने क्रममा झडप भएको हो।
मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा प्रहरी र स्थानीय बीच झडप भएको र झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाइ फायर समेत गरिएको उनले बताए।
प्रकाशित: ७ भाद्र २०७९ ११:५७ मंगलबार