२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सात स्थानीय तहद्वारा भूमि आयोगसँग सम्झौता

फाइल तस्बिर

बैतडीका सात  स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन्। पुर्चौडी, मेलौली र पाटन नगरपालिका तथा पञ्चेश्वर शिवनाथ, सिगास र सुर्नया गाउँपालिकाले  भूमि आयोगसँग सम्झौता गरेका हुन्।  

राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष धर्मसिंह ऐरका अनुसार अव्यवस्थित बसोबासी, भूमिहीन, दलित र सुकुम्बासीको तथ्यांक  संकलनका लागि ती पालिकाले सम्झौता गरेका हुन्।  सम्झौता भएसँगै जिल्लामा रहेका अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीनको तथ्यांक संकलन गरी उनीहरुका समस्या समाधानका लागि आयोगले काम गर्ने छ।  

उनले भने, 'पालिकाले आयोगसँग सम्झौता गरेसँगै अब काम अघि बढ्छ, तथ्यांक  संकलनपछि अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीनको व्यवस्थापन गछौँँ।'  

जिल्लाका अन्य तीन स्थानीय तहलाई पनि सम्झौताका लागि आग्रह गरिएको अध्यक्ष ऐरले बताए। अब डिलाशैनी र दोगडाकेदार गाउँपालिका तथा दशरथचन्द नगरपालिकाले मात्रै आयोगसँग सम्झौता गर्न बाँकी छ। स्थानीय तहले यसअघि राष्ट्रिय भूमि आयोगसँग सम्झौता नगरेका कारण काम अघि बढ्न सकेको थिएन्। रासस

प्रकाशित: २ भाद्र २०७९ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App