४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सान्थाक्राका आगलागी पीडितलाई जस्तापाता सहयोग

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा भएको आगलागी पीडित परिवारलाई नेपाल बौद्ध महायान केन्द्र कपन गुम्बाले करिव अढाइ लाख रुपैयाँ हाराहारी मूल्यको जस्तापाता उपलब्ध गराएको छ। 

हेल्पिङ हेण्डको सहयोग तथा नेपाल बौद्ध महायान केन्द्र कपन गुम्बा समन्वयमा आगलागी पीडित परिवारलाइ १८ बण्डल जस्तापाता हस्तान्तरण गरिएको छ। ताप्लेजुङ बुङकुलुङ शेर्पा किदुङ काठमाडौको सहजीकरणमा २ लाख ३४ हजार मूल्यको जस्तापाता पीडित परिवारलाई आइतबार हस्तान्तरण गरिएको छ।  

ताप्लेजुङ बुङकुलुङ शेर्पा किदुङका अभियान्ता पासाङरिता शेर्पाले नेपाल बौद्ध महायान केन्द्र कपन गुम्बा र हेल्पिङ हेण्डले यसअघि पनि ताप्लेजुङका बिपद् पीडितलाइ सहयोग प्राप्त भई वितरण भएको जानकारी दिए। 

मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङ्गाम,फुङलिङ नगरपालिका वडा नं ९ का वडाध्यक्ष लक्ष्मण गुरुङ,ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शेर्पा सहितको उपस्थितिमा आगलागी पीडितलाई जस्तापाता हस्तान्तरण गरिएको थियो।  

गत साउन २ गते बिहान पौने तीन बजेतिर मेरिङ्देन गाउँपालिका वडा नं २ खाम्साक्पाको रेजुङ शेर्पाको १७ जनाको परिवार रहेको घरमा विद्युत सर्ट भइ सुरु भएको आगोले ५ वटा घर पूर्ण रुपमा क्षति भएको गाउँपालिकाले जनाएको छ। 

आगलागीका कारण ति घरहरुमा रहेका नेपाल शेर्पासंघको मेरिङदेन गाउँपालिकाको कार्यालय,नेपाल शेर्पा संघ वडा नं २ को कार्यालय,खाम्साक्पा सेवा समाजको कार्यालय,ञ्युङजेन समितिको कार्यालय,नेपाली काँग्रेस वडा नं २ को कार्यालय र साङ्गा छ्योलिङ गुम्बा समेतमा क्षति भएको थियो।  

सो आगलागीबाट १ करोड ५९ लाख लाख ६० हजार ४ सय रुपैयाँ बराबरको क्षति भएको विवरण संकलन भएको छ।

प्रकाशित: १६ श्रावण २०७९ ०५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App