१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बच्चा चोरी गरेको आरोपमा एक महिला पक्राउ

जनकपुरबाट अपहरणमा परेका बालकलाई धनुषा प्रहरीले १५ दिनपछि उद्धार गरेको छ। मंगलबार महोत्तरीको पिपरा गाउँपालिका-४ बाट ३ वर्षीय बालक सोहन चौधरीलाई उद्धार गरेको हो।

भारतको सितामढी बर्गनिया प्रखण्ड घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका-७ भमरपुरा चौक स्थित डेरा लिएर बस्दै आएका हरिओम चौधरीको ३ वर्षीया छोरा सोहन चौधरी घरबाहिर खेलिरहेको अव्यवस्थामा १५ दिन अघि अपहरणमा परेको थियो।

अपहरणमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-४ का ५५ वर्षीय मैथुन खातुन रहेको धनुषा प्रहरीका नायब उपरीक्षक प्रवक्ता जितेन्द्रकुमार वस्नेतले जनाए।

'असार ६ गते बिहान आफ्नै घर अगाडि खेलिरहेका सोहन अबेरसम्म घर नफर्केपछि बालकको परिवारले प्रहरीलाई खबर गरेको थियो। बच्चा हराएको जानकारी पछि खोज तलासमा सक्रिय भएको थियौं, प्रहरी प्रवक्ता बस्नेतले भने,' बच्चा हराएको ठाउँको वरिपरी रहेको विभिन्न पसल तथा घरहरूको सीसीटीभी फुटेज हेरी अनुसन्धान गर्दा सोही दिन बिहान ६ः४० बजेको समयमा हरियो रंगको साडी लगाएकी एक महिलाले बच्चालाई लागिरहेको देखियो।'

सीसीटीभी फुटेजको आधारमा महिलाले लगाएकी कपडा तथा अन्य हुलियाको आधारमा प्रहरीले बच्चासहित उनलाई आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले बताए। पक्राउ परेकी महिलामाथि अपहरण तथा शरिर बन्धक शिर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाए।

प्रकाशित: २१ असार २०७९ १३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App