१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ठूलो परिमाणमा लागू औषधसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो परिमाणमा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। बुटवलबाट बागलुङ आएको बसमा लागूपदार्थको ओसार प्रसार भएको भन्ने सूचनाका आधारमा छापा मार्ने क्रममा ठूलो परिमाणको लागूऔषध सहित मानिस पक्राउ गरिएको हो। 

सोमबार दिउँसा १ बजेको समयमा लु १ ख ५३५६ नम्बरको बस चेकजाँच गर्ने क्रममा लागूऔषध सहित पाल्पाको मदन पोखरा गाउँपालिका-७ का कृष्ण प्रसाद पुरी, रुपन्देही जिल्ला देवदह नगरपालिका—६ का लोकबहादुर थापा, गुल्मीको मुसिकोट नगरपालिका-५ का सुरथबहादुर घिमिरे र दाङको लमही नगरपालिका वडा नम्बर ७ का शोसन चौधरीलाई नियन्त्रणमा लिएको छ।

उनीहरुको साथबाट ९०५ एम्फुल फेनार्गन, ९२४ एम्पुल डाईजेपाम र ९१७ एम्पुल नुर्फिन गरी कुल २६४६ एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी ईन्द्रबहादुर रानाले बताए। 

बस खानतलासी गर्ने क्रममा कम्व्याट रङको झोलामा टेपले बेरेको अवस्थामा बसको गल्लीमा रहेको झोलामा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।  'लागूऔषधको ओसार पसार भैरहेको भन्ने सूचनाका आधारमा हामीले बसको खानतलासी गर्दा ठूलो परिणाममा लागूऔषध फेला पर्‍यो,’ उनले भने, ‘लागूऔषधसहित चार जना व्यक्ति पनि पक्राउ गरेर अनुसन्धान थालेका छौं। लागूऔषध कारोबारमा संलग्न गिरोह पत्ता लगाउन सकिन्छ कि भन्ने विश्वास बढेको छ।’ पक्राउ परेका उनीहरुले सोमरबार नै जिल्ला अदालत बागलुङबाट २० दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २० असार २०७९ १५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App