१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बालिकालाई बेचविखन गर्ने उद्देश्यले भारत लैजान लागेको आरोपमा प्रेमी प्रेमिका पक्राउ

झापा विर्तामोड नगरपालिकाकी १३ वर्षीया बालिकको आइतबार सीमावर्ती क्षेत्र विराटनगरबाट उद्दार गरिएको छ। विराटनगर महानगरपालिका–१५ स्थित नेपाल–भारत सीमा क्षेत्र स्थित २ नम्बर ढाटबाट बालिकको उद्धार गरिएको हो।

विभिन्न प्रलोभन देखाएर भारत लैजान लागिएकी बालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले एक भारतीय नागरिक पुरुष र नेपालकी एक महिला दुवै जना मिलेर विभिन्न प्रलोभन देखाएर भारत लैजान लाग्दा सीमा क्षेत्रबाट बालिकाको उद्धार गरिहेको हो। ‘बालिकालाई ललाई फकाई बेचविखन गर्ने उद्देश्यले भारत लाँदै गर्दा दुवै जनालाई पक्राउ गरेको हो,’ डिएसपी श्रेष्ठले भने।    

एक गैरसरकारी संस्थाको सहकार्यमा प्रहरीले बालिकोको उद्धार गरेको हो। बालिकालाई प्रलोभन देखाएर भारत लैजान खोज्ने भारत मजतपुर घर भई विर्तामोडमा डेरी गरी बस्ने २३ वर्षीयको हिराकुमार सहनी र बाराको कोल्बी नगरपालिका–४ कि १९ वर्षीया सिरिसा सिंह महथालाई पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए।

पक्राउ परेका दुवै जना प्रेमीप्रेमिका रहेको र उनीहरुबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको खुलेको छ।  केही दिनअघि बाराबाट प्रेमीलाई भेट्न महथा आएकी थिइन्। प्रहरीका अनुसार असार ४ गते शनिबार बालिका विद्यालयमा डान्स कक्षा छ भनेर घरबाट हिँडेकी थिइन्। तर, शनिबार घर नआएपछि खोजी गर्दा फेला परिनन्। कहीँ कतै फेला नपरेपछि आइतबार इलाका प्रहरी कार्यालय विर्तामोडमा खोजीका लागि बालिकाको परिवारले निवेदन दिएका थिए।

घरबाट हिँडेको दिन शनिबार पक्राउ परेका हिराको डेरामा राखी आइतबार विराटनगरको नाका हुँदै भारत जान लागेको प्रहरी जनाएको छ। पक्राउ परेका दुवै जनालाई  मानव वेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ९ असार २०७९ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App