१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साथीसँगको विवादमा किशोरको हत्या, खोलामा फ्याकिएको शव फेला परेन

खोलामा शव फ्याकिएका किशोरको खोजी गर्दै प्रहरी र स्थानीय। तस्बिर: नागरिक

साथीसँगको विवादमा तीन दिनअघि सुनसरी दुहवीका एक किशोरको हत्यापछि शव खोलामा फ्याकिएकोमा अझैसम्म फेला पर्न सकेको छैन्।  

दुहवी वडा नं.  ६ का १८ वर्षीय अफरोज मियाँको शुक्रबार राति हत्या गरि स्थानीय बुढी खोला नदीमा फ्याकेको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाले बताएएका छन्। 

किशोर मियाँको शव बुढी खोलामा फ्याके पनि अझैसम्म फेला पर्न नसकेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ। ‘हत्या आरोपमा पक्राउ परेका चार जनाको अनुसन्धान भइरहेको छ। उनीहरुले हत्या गरेको स्वीकार गर्दै खोलामा फ्याकेको बताएपनि शव भने फेला पर्न सकेको छैन,’ प्रहरी निरीक्षक जयदेव माझीले भने, ‘बुढी खोला नदीको दुहवीदेखि बर्जुसम्म खोजी गर्दा पनि अहिलेसम्म भेटाउन सकिएको छैन्।’ उनका अनुसार अब प्रहरी र स्थानीयलाई संयुक्त रुपमा भारतको फारविसगञ्ज खोजी गर्न पठाउने तयारी भएको छ।  

मियाँको खोजी गर्नका लागि खोलामा स्काईभेटर पनि प्रयोग गरिएको छ। प्रहरी र स्थानीयबासी पनि संयुक्त रुपमा जुटेका छन्।  

मियाँलाई उनकै नजिकको साथीहरूले हत्या गरेर बुढीखोलामा फालेको स्वीकारे पनि थप अनुसन्धानबाट केही प्रमाण खुल्न बाँकी रहेकाले उनीहरुको नाम भने गोप्य राखिएको जानकारी दिइयो। पक्राउ पर्नेमा १८ वर्षदेखि २६ वर्ष उमेर समूहका छन्।  

पक्राउ परेकाले मियाँलाई गाजा काट्ने छुरा र रड प्रहार गरेर हत्या गरेर बुढीखोलामा फालेको प्रहरीलाई बयान दिएका थिए। ‘अहिलेसम्मको अनुसन्धानबाट साथी समूह मिलेर लागूऔषध सेवन गरेपछि विवाद भएर हत्या गरेको देखिन्छ,’ माझीले भने। 

प्रकाशित: ६ असार २०७९ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App