४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

महोत्तरी सिमानामा ६ वर्षीय बालकको शव फेला

धनुषा महोत्तरीको सिमानामा एक बालकको शव फेला परेको छ। सोमबार बेलुका ७ बजे जनकपुर उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ बसविट्टीस्थित दुधमती नदीको छेउमा रहेको कुलोमा अन्दाजी ६ वर्षीय बालकको शव फेला परेको धनुषा प्रहरी प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले बताएका छन्।

प्रहरीका अनुसार सर्लाही कबिलासी-७ हाल जनकपुरधाम उपमहानगरपालिका-८  मा टेन्ट तारेर बस्दै आएका जियासरण बरहीका ६ वर्षीय छोरा रक्की बरहीको शव रहेको छ। एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका- ७ हाल जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए।

स्थानीयले कुलोमा बालकको शव देखेपछि हामीलाई खबर गरेको धनुषा प्रहरी नायब निरीक्षक प्रहरी प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। उनले भने, 'हामीलाई जानकारी भए लगत्तै प्रहरी टोली घटना स्थलमा पुगेको थियो। हिजो रातभरि शव वरिपरि घेरा हालेको थियो। हिजो अबेर राती भएकाले शव उठाएनौं शवको परिवारलाई खोजी गरियो।'

बालकलाई कसैले हत्या गरेर फालेको हुनसक्ने शंका छ। पोस्टमार्टमको प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटना बारे विषेश अनुसन्धान भैरहेको प्रहरीले जनाए।

प्रकाशित: २४ जेष्ठ २०७९ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App