१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राप्रपा खोटाङका पूर्व अध्यक्ष श्रेष्ठको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको दुर्घटनाको कारण मृत्यु भएको छ।

गएको शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको शपिङ कम्प्लेक्स अगाडी सडकमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएका श्रेष्ठको आज बिहान न्यूरो अस्पताल बाँसबारी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

रत्नपार्क जिरो प्वाइन्टबाट बजार जाँदै गरेको सो मोटरसाइकलले ठक्कर दिंदा श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो। बाटो हिंडिरहेका उनलाई पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिंदा उनी त्यहीं ढलेका थिए। सोही दिन उपचारार्थ उनलाई हेलिकप्टरबाट काठमाडौंको न्यूरो अस्पताल ल्याइएको थियो।

न्यूरो अस्पतालले आज बिहानै उनलाई मृत घोषणा गरेको थियो। श्रेष्ठ भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा राप्रपाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा उठेका थिए। मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राई र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २२ जेष्ठ २०७९ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App