१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चितवनमा करेन्ट लागेर इन्सुरेन्समा कार्यरत कर्मचारीको मत्यु

चितवनमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका १० बालमन्दिर रोड स्थित शिखर इन्सुरेन्स कम्पनीमा कार्यरत सकुन्ताल पौडेल सुवेदीको मृत्यु भएको हो। 

आइतबार  सवा १ बजे कम्पनिको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सट भई आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए। 

करेन्ट लागेर आगलागी भएपछि घाइते पौडेलले अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। यस्तै सोही इन्सुरेन्समा कार्यरत भरतपुर ७ बस्ते तरुण थापा घाइते भएका छन्। उनको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले  जनाएको छ। आयो भरतपुर महानगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय नागरिकको सहयोगमा १ बजेर ४० मिनेटमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ। 

आगलागिबाट केही फाइलहरु नष्ट भएको बताईएको छ। तर, अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। यस्तै नारायणगढमा बिजुलीको पोलमा तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जना घाइते भएका छन्। भरतपुर ३ कमलनगरमा बिजुलीकीको पोलमा तार जोड्ने क्रममा विद्युतका कर्मचारी देवराज खतिवडा करेन्ट लागेर घाइते भएका हुन्। उनको उपचार नयाँ मेडिकल कलेजमा भएको छ। अवस्था गम्भिर रहेको  प्रहरीले जनाएको छ।  

प्रकाशित: ८ जेष्ठ २०७९ १०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App