२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सफा हिमाल अभियान २०२२ ले १७ हजार केजी फोहोर संकलन गर्‍यो

सफा हिमाल अभियान २०२२ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालबाट १७ हजार केजी परिमाणमा फोहोर संकलन गरेको छ।

टोलीहरूले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालबाट  १७ हजार केजी  परिमाणमा फोहोर संकलन गरेको प्रधान सेनापती प्रभुराम शर्मालाई जानकारी गराएको छ। जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप नेपाली सेनाको अगुवाइमा २०७८ चैत्र २२ गतेबाट सफा हिमाल अभियान २०२२  संचालन भइरहेको छ।

उक्त अवसरमा प्रधान सेनापतिद्वारा  सफा हिमाल अभियान २०२२ का टोलीलाई निर्देशन समेत दिएका छन्। प्रधान सेनापति महारथी शर्माले नेपाल सरकारबाट प्रदत्त संवैधानिक जिम्मेवारीको अतिरिक्त भौगोलिक विकटता र प्रतिकूल मौसमको समेत प्रवाह नगरी विषम परिस्थितिमा नेपाली सेनाले गरिरहेका कार्यहरूको उच्च मूल्यांकन भएको जनाउँदै तोकिएको जिम्मेवारी कुशलतापूर्वक समयमै  सम्पन्न गर्न निर्देशन दिए।

त्यस क्रममा शर्माले २४ गतेको नेपाली सेनाका सह सेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले नेपाली सेनाको तर्फबाट पहिलो पटक कञ्चनजंघा हिमाल ९८५८६ मिटरको सफल आरोहण गरेकोमा आरोहीहरूलाई विशेष धन्यवाद समेत दिए।  

प्रकाशित: २७ वैशाख २०७९ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App