७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कोशीको मुख्यमन्त्रीमा कार्की दाबी पेस गर्दै

कोशीको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राती संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत प्राप्त सांसदको नेतृत्वमा सरकार गठनका लागि आह्वान गरेबमोजिम कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।

नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने जानकारी दिए। उनले भने, ‘हामी मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ जाँदै छौं।’

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राती शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए, तर बहालवाला मुख्यमन्त्री केदार कार्की प्रदेश प्रमुखको आह्वान संविधान विपरित रहेको दाबी गर्दै सर्बोच्च जाने सुईको पाएर एमालेका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्न हतार गरेका हुन्।

कार्की यसअघि यसै कार्यकालमा दुईपटक मुख्यमन्त्री भइसकेका छन्। कार्की यसअघि संविधानको धारा १६८ को उपधारा २ र ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: २७ वैशाख २०८१ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App