१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्णाली नदीमा मिनीबस खस्योः दुई जना घाइते, एक बेपत्ता

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकास्थित कर्णाली नदीमा मिनीबस खस्दा सहचालक बेपत्ता भएका छन्। रास्कोट नगरपालिका-१का १९ वर्षीय गाडी सहचालक जिवन शाही बेपत्ता भएका हुन्। पचालझरना गाउँपालिका–८ पर्ने भुइँचेचाङ र खोली बजारनजिक जीतेगडा–कोल्टी सडकखण्डमा सडकबाट ००२ ख ०१६२ नम्बरको मिनीबस नदीमा खसेको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार उक्त मिनीबसमा चालक, सहचालक र एक महिला यात्रु थिए। तीनजना मध्ये एक जना बेपत्ता भएका हुन्। चालक देलेखको आठबिस नगरपालिका-२ का कृष्णबहादुर शाही र पचालझरना गाउँपालिका–८ की १५ वर्षीया सलामि सार्की घाइते भएका छन्। साढे २ बजे दुर्घटनामा परेर चालक र अर्की महिलालाई घाइतेको थप उपचारको लागि जिल्ला अस्पताल कालिकोट ल्याउन लागिएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रकाशित: २० चैत्र २०७८ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App