१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

तीन किलो यार्सागुम्बा लिएर दार्चुलाबाट व्यापारी भागे

भीमदत्तनगर- काठमाडौँको लाजिम्पाटका यार्सा व्यापारी दिनेश शेरचन दार्चुलाको खण्डेश्वरीका स्थानीय बासिन्दाले सङ्कलन गरेको यार्सागुम्बा लिएर फरार भएका छन्। यार्सागुम्बाको रकम लिन सदरमुकाम खलङ्गा आउने क्रममा यार्सागुम्बा लिएर व्यापारी शेरचन फरार भएका हुन्।

 “सदरमुकाम खलङ्गामा रकम दिन्छु भने”, स्थानीय नरजित रोकायले भने, “बिहान चिया खान्छु भन्दै भागेपछि यार्सा लुटिएको थाहाँ पाएँ।” त्यसैगरी खण्डेश्वरी–६ खत्तोलीका प्रकाश कार्कीले पनि व्यापारी शेरचन यार्सा लिएर फरार भएको बताए।

“बिहान फोन गर्दै बाहिर निस्किएका शेरचन फरार भएको पछिमात्र थाहा पाएँ”, नरजीत रोकायाले भने। उनीहरुले पूर्व योजनाअनुसार यार्सागुम्बा लिएर भाग्न सफल भएका हुन्। यार्सा खरिद गर्न दार्चुला पुगेका दुईजना व्यापारीमध्ये एकजना बैतडीको गन्नाबाट सम्पर्कमा आएको स्थानीयको भनाइ छ।

यार्सागुम्बाको छुट पुर्जी बनाउन र बैंकबाट रकम झिकेर हिसाब मिलान गर्ने भन्दै दुईजना स्थानीय र फरार व्यापारी शेरचन दार्चुला सदरमुकाम पुग्दै गर्दा बाटोबाटै फरार भएका हुन्।

उक्त यार्सा खण्डेश्वरी गाविस– ५, ६ र ७ को गाउँबाट सङ्कलन गरिएको थियो। व्यापारीहरुले मोटो यार्सागुम्बाको प्रतिकिलो रु २७ लाख र कम तौल भएको यार्सागुम्बाको रु १८ लाख दिने सहमति भएको थियो। यार्सा लुटिएको बारेमा पीडितले प्रहरीलाई निवेदन दिने तयारी गरिरहेका छन्।

प्रकाशित: ९ भाद्र २०७१ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App