४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई विचौलिया प्रहरी नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ जना विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महागरपालिका १४, नख्खीपोट बस्ने वर्ष ३० को सुमन तामाङ र ललितपुर महानगरपाकिा १३, कुसुन्ती बस्ने वर्ष २३ को सुरज गुप्ता रहेका छन्।

लिखित परीक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाई दिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरी लिदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले बताए। महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ। पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०७८ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App