१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हुम्लामा ३६२ कोरोना सङ्क्रमित

जिल्लामा कोभिड–१९ को सङ्क्रमण तीव्ररुपमा बढ्दै गएको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका  र गाउँपालिकामा क्वारेन्टिनमा बसेका गरी ३६२ सङ्क्रमित पुगेका छन् ।  

जिल्ला अस्पतालमा गत मङ्गलबारमात्र दुई, खार्पुनाथ गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । 

हालसम्म जिल्ला अस्पतालमा ९५, सर्केगाडमा ६३, सिमीकोटमा नौ, ताजाकोटमा ३६, अदानचुलीमा ३७, खार्पुनाथमा ३६, चखेलीमा ५२ र नाम्खा गाउँपालिका १४ गरी कूल सङ्क्रमित ३६२ पुगेको हो । सङ्क्रमितमध्ये हालसम्म ३०४ जना निको भएर घर फिर्ता भइसकेका छन् । रासस 

प्रकाशित: १४ श्रावण २०७८ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App