१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीले नै नियम मिचेपछि...

तस्बिर श्रोत : प्रकाश मल्ल

वर्षाैदेखि सवारीसाधन प्रवेश निषेध रहेको भक्तपुरको दरवार स्क्वायर क्षेत्रभित्र बिहीबार प्रहरीको मोटरसाइकल जबरजस्ती प्रवेश गरेको देखिएको छ। भक्तपुर नगरपालिकाका कर्मचारीले रोक्दारोक्दै पनि सवारीसाधन प्रवेश निषेध रहेको भक्तपुरको ५५ झ्याले दरवार क्षेत्र हुँदै खौमा प्रवेशद्वारबाट बाहिर जान प्रहरीका तीन वटा मोटरासइकल जबरजस्ती प्रवेश गरेको देखिएको हो।

नगर प्रवेशको क्रममा खौमा गेटबाट भित्र सवारीसाधन प्रवेश निषेध छ। तर उक्त मोटरसाइकलहरु प्रवेश निषेध रहेको खौमाको उल्टो दिशाबाट आएका हुन्। पहिलेदेखि नै सवारीसाधन प्रवेशमा राेक लगाइएकाे उक्त स्थानमा मोटरसाइकल जबरजस्ती प्रवेश गरेको देखिएको छ। 

सामाजिक सञ्चालमा अहिले याे तस्बिर भाइरल बन्न थालेको छ। तस्बिरमा प्रवेश निषेधको ठाउँमा रोक्दारोक्दै पनि अटेर गरी जबरजस्ती प्रहरीको मोटरसाइकल प्रवेश गरेको देखिएको हाे।  

पर्यटकसँग प्रवेश शुल्क उठाउन प्रयोग हुने काउण्टमा बस्ने सहायक कर्मचारीहरुले रोकेको तस्बिरमा देखिएको छ। भक्तपुरको ५५ झ्याले दरवार क्षेत्रमा दरवारको सुरक्षाका लागि भन्दै नगरपालिकाले वर्षाैदेखि त्यहाँं मोटरसाइकललगायतका सवारीसाधान प्रवेश निषेध छ। 

प्रकाशित: १७ असार २०७८ ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App