२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बैतडीमा निषेधाज्ञा खुकुलो

बैतडीमा जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी गरिएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि असार १५ गते राती १२ बजे सकिदैछ। असार १६ गतेदेखि जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

सार्वजनिक यातायात बजार, होटल लगायत अन्य व्यवसाय स्वास्थ्यका मापदण्ड अपनाउँदै सञ्चालन गर्ने निर्णय गरिएको छ। यातायातका साधन सञ्चालन गर्दा चालक र सहचालकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने सिट क्षमताको आधा मात्रै यात्रु बोकेर सञ्चालन गर्ने दिने जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।

यस्तै व्यापार व्यावसाय पनि बिहान ७ बजेदेखि साझ ६ बजे सम्म खुला गर्ने निर्णय भएको छ। व्यापारीहरुले पनि १५ औं दिनमा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने निर्णय गरिएको छ। असार १६ गतेदेखि जिल्लामा सबै कार्यालयहरु पनि सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए। कोरोना संक्रमणदर घट्दै गएकाले कार्यालयका सेवाहरु सुचारु गर्ने तयारी भएको उनले बताए।  

प्रकाशित: १५ असार २०७८ ०५:२७ मंगलबार

बैतडीमा निषेधाज्ञा खुकुलो