१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गाईघाट बजार अनुगमन: अखाद्य वस्तु बेच्ने दुई किराना पसललाई जरिवाना

जिल्ला प्रशासन कार्यालय उदयपुर। तस्बिर: महेश्वर/ नागरिक

म्याद जुग्रेका अखाद्य बस्तु बेचेको अभियोगमा सदरमुकाम गाईघाटका दुई किराना पसल सञ्चालक जरिवाना तिराईमा परेका छन्। बुधबार दिउँसो छड्के अनुगमनको क्रममा अखाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्य संवेदनसिलतामाथि खेलवाड गरेको फेला परेपछि बजारका ठूला दुई किराना पसललाई क्रमशः २० हजार र १० हजार जरिवाना तिराइएको हो।  

सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला अनुगमन समिति र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको संयुक्त टोलीले गरेको अनुगमनमा उपभोक्ता ठगेको पाइएको थियो । उपभोक्ताको गुनासोका आधारमा आपूर्ति कार्यायल विराटनगरका प्रमुख सन्तोष पोखरेल, घरेलु विकास कार्यालय प्रमुख, खाद्य तथा गुण नियन्त्रण डिभिजन प्रमुख, प्रहरीलगायत सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित छड्के अनुगमन गर्दा अखाद्य वस्तु बेच्ने गरेको तथ्य फेला परेपछि उनीहरुमाथि कारबाही गरिएको सहायक सिडिओ बिनोद पोखरेलले बताए ।  

उनका अनुसार गाईघाटका प्रशान्त किराना पसल र पाण्डे किराना पसलले म्याद गुज्रेका अखाद्य बस्तु बेच्ने गरेको, बिल बिजक अद्यावधि नगरेको भेटिएपछि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको ठहर गर्दै जरिवाना तिराइएको हो । टोलीले तत्काल प्रशान्त किराना पसललाई २० हजार र पाण्डे किराना पसललाई १० हजार रुपैया जरिवाना तिराएर कारबाही गरेको पोखरेलले बताए ।  

अखाद्य बस्तु बेच्न राखेको पाइएपछि त्यस्ता सामग्रीको बिल, विजक माग्दा व्यापारीले देखाउन नसकेको टोलीले जनाएको छ । म्याद गुज्रेका खाद्यान्न बेचेर जनताको स्वास्थ्यप्रति गम्भीर खेलवाड गर्ने र आवश्यक बील, विजकलगायत कागजात अद्यावधि नगर्ने पाउनुले व्यापारीहरुले लापरबाही गरेको प्रमाणित भएको टोलीले जनाएको छ । सहायक सिडिओ नेतृत्वमा रहेको जिल्ला अनुगमन समितिले यसअघि पनि पटकपटक बजार अनुगमन गर्ने गरेको थियो ।  

अनुगमनका क्रममा कतिपय व्यापारीले म्याद गुज्रेका अखाद्य वस्तु बेच्ने गरेको पाउँदा जफत गरेर नष्ट गर्ने गरे पनि नगद जरिवाना गरेको भने यो पहिलो घट्ना भएको स्थानीय बताउँछन्। यसअघिका अनुगमनमा गल्ती गर्ने व्यापारीलाई चेतावनी दिएर छाडिने गरेकोमा यसपटक तत्काल जरिवाना तिराएर उदाहरणीय कारबाही गरेको भन्दै उपभोक्ताले खुसी पनि व्यक्ति गरेका छन् । यसअघिका अनुमगनमा गल्ती गर्नेलाई आगामी दिनमा गल्ती नगर्न चेतावनी दिदै छाड्ने गरेकोमा यसपटक कारबाही गर्नु राम्रो पक्ष रहेको स्थानीय उपभोक्ताको प्रतिक्रिया छ।  

बजारका सीमित र अगुवा पसलहरुमा अनुगमन गरेको टोलीले फेला पारेर बरामद गरेको १३ हजार मूल्य बराबरको म्याद गुज्रेका सामान पनि नष्ट गरेको छ । अनुगमनको क्रममा रेडिमेड रसवरी, विस्कुट, कुर्मुरे, लेज, भुजियाजस्ता जंक फुड (तयारी खाजा)हरु म्याद गुज्रेको अवस्थामा भेटिएका थिए । ती सबै सामग्री नष्ट गरिएको पोखरेलले बताए ।  

आपूर्ति संरक्षण अधिकृत सन्तोष पोरखेलका अनुसार कोरोना महामारीको मौका छोपी व्यापारीहरु अखाद्य बस्तु बेच्नुका साथै खाद्यान्नमा कालाबजारी गर्ने तथा कृतिम अभाव सिर्जना गर्ने गरेको भन्ने गुनासो आएपछि छड्के अनुगमन सुरु गरिएको हो । कोविड कहरका बेला उपभोक्तालाई दुःख दिने व्यापारीमाथि कारबाही गर्नैपर्ने उपभोक्ताको माग रहेको उनको भनाई छ । बेच्न राखेको सामान कहाँबाट ल्याएको, के कति मूल्यमा ल्याएको भन्ने बिबरण देखाउने बील बिजक नराख्नु भनेकै कृतिम अभाव सिर्जना र कालाबजारी भएको प्रष्ट हुने उनी बताउँछन् ।

जिल्ला अनुगमन समितिले पहिलो पटक अखाद्य बस्तु बेच्ने व्यापारीमाथि कारबाही गरेर अन्य व्यापारीलाई पनि गलत नगर्न सकर्त गराएको त्रियुगा उद्योग बाणिज्य संघले जनाएको छ । यसअघिजस्तो अनुगमन गर्दा गल्ती गर्ने व्यापारीलाई पनि कारबाही नगर्ने तरिका बद्लिदै कारबाहीको प्रक्रियासम्म पुगेपछि अरु व्यापारीले पनि गल्ती गर्न हुन्न है भन्ने पाठ सिक्नुपर्ने संघको ठहर छ ।  

प्रकाशित: १० असार २०७८ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App