४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले तामाकोसीको प्रवाह रोकियोः बाढीकाे जाेखिम उच्च, सतर्क रहन दोलखा प्रशासनको आग्रह

फाइल तस्बिर

केही दिन यता भएको भारी बर्षासँगै आएको पहिरोले तामाकोसी नदीको प्रवाह रोकिदिएको छ। सो क्षेत्रमा जुनसुकै बेला पनि बाढीको जोखिम रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

चीनको तिब्बतमा थुनिएको तामाकोसी नदी अझै सामान्य अवस्थामा नरहेकाले तटीय क्षेत्रमा खतरा कायमै रहेको जिल्ला प्रशासनले जनाएको छ। थुनिएको नदी कुनै पनि समय फुटेर बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन अनुरोध गरेको हो।

रोङसिया शहर तथा सो क्षेत्र आसपासमा भारी बर्षा भइरहेको र पहिरो जाँदा तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएको भन्दै प्रशासनले विज्ञप्तिमार्फत शुक्रबार तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाद्वारा जारी सूचनामा भनिएको छ, ‘रोङसिया शहर तथा सो क्षेत्र आसपासमा भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकोले सोको कारणले कुनै पनि समयमा तामाकोसी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने हुँदा नेपाल-चीन सीमा नजिकको बस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्णमा सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुना साथ सुरिक्षत स्थानतर्फ जान अनुरोध गरिन्छ।’

जारी सूचना:

प्रकाशित: ५ असार २०७८ ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App