मेलम्ची खोलामा आएको बाढीपहिरोले घर डुबानमा पर्दा छतमा फसेका दुई युवालाई नेपाली सेनाको हेलिकप्टरले बुधबार बिहान उद्धार गरेको छ। मेलम्ची बजारस्थित होटल रोजमा फसेकालाई सकुशल उद्दार गरिएको हो।
मेलम्ची खोलामा मंगलबार दिउँसोदेखि आएको बाढीपहिरोले साँझबाट उक्त होटल डुबानमा परेको थियो। होटलको केही तला पानीले भरिएपछि उनीहरु छतमा पुगेका थिए। ज्यान जोगाउन साँझै छतमा पुगेर बसेका उनीहरु उद्दारको पर्खाइमा थिए।
स्थानीय प्रशासनको पहलमा सैनिक हेलकप्टरले १५ घण्टाभन्दा बढी समयपछि ती युवाको उद्धार गरेको हो। सैनिक हेलिकप्टरले डुबानमा रहेको उक्त घरको माथि पुगेर छतमा डोरी दिएको थियो। डोरीमा झुण्डिएका युवालाई हेलिकप्टरले नजिकैको सुरक्षित स्थलमा सकुशल ओह्रालेको थियो।
प्रकाशित: २ असार २०७८ ०४:४१ बुधबार