१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश १ मा १ हजार ५ जना संक्रमित थपिए

प्रदेश १ मा आइतबार १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३ सय ६२, मोरङमा ३ सय ५१, सुनसरीमा १ सय ६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, तेर्‍हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनकाईमा ३२, झापा गाउँपालिकामा २७, अर्जुनधारामा २०, शिवसताक्षी १८, बुद्धशान्तिमा १४, हल्दिबारीमा ८, कमल गाउँपालिकामा ६, गौरादहमा ५, गौरीगञ्जमा २, कचनकवल, गौरीगञ्ज, बार्‍हदशीमा १–१, स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएकोछ ।  मोरङको विराटनगरमा १ सय ३२, सुन्दरहरैचामा ३४, कानेपोखरीमा ३२, पथरीशनिश्चरे र बेलबारीमा २४–२४, रतुवामाई र उर्लाबारीमा १७–१७, बुढीगंगामा १५, केराबारीमा १२, रंगेली र लेटाङमा १०–१०, धनपालथानमा ७, कटहरीमा ६, मिक्लाजुङमा ४, सुनबर्षी, जहदा र ग्रामथानमा १–१, स्थानीय तह नखुलेका २जना कोरोना संक्रमित थपिएका छन् ।  सुनसरीको धरानमा ७१, इटहरीमा ५८, बराहक्षेत्रमा ९, गढीमा ७, रामधुनी र दुहवीमा ४–४, इनरुवामा ३, कोशी गाउँपालिकामा २, देवानगञ्जमा १ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ३५, हिलिहाङ र फाल्गुनन्दमा १–१, ताप्लेजुङको फुङलिङमा २१, मेरिङदेनमा ८, मिक्वाखोलामा ३,  इलामको चुलाचुलीमा ४, रोङ र इलाम नगरपालिकामा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका १–१ जना संक्रमित थपिएका छन् । उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १ र स्थानीय तह नखुलेका २,  धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १,  संखुवासभाको खाँदबारी, तेर्‍हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५७ हजार ३ सय ८२ पुगेको छ । संक्रमित भएका मध्ये ३५ हजार ५ सय ७२ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ माआइतबार  २ हजार ५ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित: १६ जेष्ठ २०७८ १४:२७ आइतबार

प्रदेश १ कोरोना संक्रमित