४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

थप १ सय ८५ जना संक्रमितको मृत्यु, ७ हजार ४२५ मा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट १८५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मुत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ।  

यस्तै, २४ घन्टामा थप ७ हजार ४२५ जना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर परीक्षण गर्दा ७२२० र ६०७ एन्टिजेन परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म संक्रमित हुनेको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ।  

यसैगरि, सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ। सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् भने ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन्। यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ।

प्रकाशित: १० जेष्ठ २०७८ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App