१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनसरीमा आजदेखि लकडाउन

धरानको भानुचोकमा लकडाउनमा हिडेको मोटरसाइकल चालकलाई सम्झाउदै।तस्बिर: रोहित/नागरिक

जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि जिल्लाभर लकडाउन आदेश जारी गरेको छ। हिजो मंगलबार डिसिसिएमसि बैठक पछि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बैशाख ३१ गते मध्यराती १२ बजेसम्म बन्दाबन्दीको आदेश जारी गरेका थिए।

जिल्लामा कोरोना संक्रमणको दर तीव्र्रगतिमा बढ्दै गएपछि नियन्त्रण तथा न्युनीकरणको लागि प्रशासनले लकडाउन गरेको हो। यसअघि वैैशाख १६ गतेदेखि २४ गतेसम्मको लागि निषेधाज्ञा जारी भएको थियो। लकडाउन आदेश जारी भएपछि आजदेखि सार्वजनिक तथा निजी सवारीसाधनहरु पुर्णरुपमा सञ्चालनमा रोक लगाइएको छ भने अत्यावश्यक कामबाहेक हिडडुलमा पनि रोक लगाइएको छ। 

यस्तै, खाद्य सामग्री, खाना पकाउने ग्याँस, तरकारीका पसल मात्र बिहान १० बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ। डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान १० बजेसम्म खोल्न पाइनेछ। प्रहरीले बिहानैदेखि अनावश्यक हिडडुल र सवारीसाधन सञ्चालनमा कडाई गरिरहेको छ। 

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बिहान खाद्यान्न, तरकारी किनमेलको लागि चहलपहल हुने गरेको बताए। तर, १० बजेपछि अनावश्यक हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिइने उनले बताए। ‘बिहान खाद्यान्न किनमेल गर्नेहरुको चहल पहल थियो, १० बजेपछि पुर्णरुपमा नियन्त्रण गछौं,’डिएसपी बस्नेतले भने।

प्रकाशित: २२ वैशाख २०७८ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App