१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङको दोभान बजारमा आगलागी, आगो नियन्त्रण बाहिर

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा एका बिहानै आगलागी भएको छ। बीच बजारबाट सुरु भएको आगलागीले अहिले सम्म करिव ३० वटा घर जलेको र नियन्त्रणको कुनै सम्भवना नरहेको स्थानीय गणेश कार्की डोलीले जानकारी दिए।  

दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो र व्यस्त बजार मानिन्छ। सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किरहेको स्थानीयले बताएका छन्। ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले आफूहरु आगलागीग्रस्त क्षेत्रतर्फ लागिसकेको जानकारी दिए।

प्रकाशित: १८ फाल्गुन २०७७ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App