वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीबाट चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि मरणोपरान्त आ–आफ्नो शरीर दान घोषणा गरेका छन् । नई प्रकाशनद्वारा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा जोशी दम्पतीले आफ्नो भौतिक शरीर शेषपछि किस्ट मेडिकल कलेजलाई अर्पण गर्ने जनाएका हुन् ।
१०१ वर्षीय शताब्दी पुरुष जोशी र ९६ वर्षीया राधादेवीले हस्ताक्षरसहित किस्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरीपत्र प्रदान गरेका छन् ।
प्रकाशित: १ फाल्गुन २०७७ ०१:५७ शनिबार